Home » » फ्रान्सको राजधानी पेरिसमा आतंकबादी हमला (अपडेट)

फ्रान्सको राजधानी पेरिसमा आतंकबादी हमला (अपडेट)

पेरिसका केही स्थानमा एक साथ भएको आतंकवादी आक्रमणमा १ सय ६० भन्दा बढीको मृत्यु भएको छ । फ्रान्स प्रहरीका अनुसार बन्दूकधारीले केहीलाई बन्धक बनाएका छन् ।

स्थानीय समयअनुसार शुक्रबार राति ९ बजे पेरिसका केही ठाउँमा गोलीबारी भएको थियो भने राष्ट्रिय रंगशालामा विष्फोट गराइएको थियो ।
फ्रान्सको समाचार एजेन्सी एएफपीले सुत्रहरुलाई उद्धृत गर्दै १ सय २० भन्दा बढीको मृत्यु भएको जनाएको छ । राजधानी पेरिसको कन्सर्टमा भेला भएका १ सय भन्दा बढीलाई बन्धक बनाइएको छ । त्यहाँ प्रहरीले ८ जना आक्रमणकारीलाई मारेको छ । समाचार संस्था एएफपीका अनुसार २ सय भन्दा बढी घाइते भएका छन् जसमा ८० जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।
राष्ट्रपति फाँस्वा होल्यान्डले राष्ट्रको नाममा सन्देश दिंदै आपतकाल घोषणा गरेका छन् । फ्रान्सका सबै सिमा सील गरिएको छ । राजधानी पेरिसबासीलाई घरबाहिन निस्कन रोक लगाइएको छ । स्थानीय प्रहरीको सहयोगका लागि सेनालाई पनि तयार रहन निर्देशन दिइएको छ ।
राष्ट्रपति फ्राँस्वा होल्यान्डले जी-२० सम्मेलनका लागि टर्की जाने कार्यक्रम रद्ध गरेका छन् ।

कुनै पनि समूहले घटनाको जिम्मेवारी अहिलेसम्म नलिएको बीबीसीले जनाएको छ । चरमपन्थी संगठन इस्लामिक स्टेटले सामाजिक सञ्जालमा घटनाको तारिफ गरेको छ ।
राष्ट्रिय रंगशालामा फ्रान्स र जर्मनीबीचको खेल भइरहँदा विष्फोट भएको थियो । त्यहाँ तीन जनाको मृत्यु भएको छ । खेल हेर्न राष्ट्रपति पनि रंगशालामै थिए । तर उनी सुरक्षित छन् ।
विश्वभरबाट निन्दा
फ्रान्समा भएको आतंकवादी आक्रमणको विश्वभर निन्दा भएको छ ।
अमेरिकी राष्ट्रपति बाराक ओबामा, बेलायती प्रधानमन्त्री डेबिड क्यामरुन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आक्रमणको निन्दा र भर्त्सना गरेका छन् ।
Share this video :

0 comments:

Post a Comment

 
Copyright © 2013. Love Zone - All Rights Reserved

Distributed By Free Blogger Templates | Tum hi ho lyrics | How to get rid of hiccups

Proudly powered by Blogger