Published At: 6 Nov, 2015
काठमाडौं, २० कात्तिक । अन्तराष्ट्रिय खेल मिलेमतो गरी खेलप्रेमीमाझ घृणा र द्वेष फैलाएको निष्कर्ष निकाल्दै प्रहरीले फूटबलका पाँच खेलाडी र एक फिजियोथेरापिस्टले राष्ट्र विप्लवको अभियोगमा जन्मकैसम्मको सजाय प्रस्ताव गरेको छ ।
राष्ट्रिय टिमका कप्तान सागर थापा, सन्दिप राई, रितेश थापा, विकास सिंह क्षेत्री र अञ्जन केसी तथा फूटबलका फिजियोथेरापिस्ट डेजिव थापाले अन्तराष्ट्रिय प्रतियोगितामा सक्रिय बुकी ‘दलाल’को आर्थिक प्रभावमा परी खेल मिलेमतो गरेको पुष्टि भएको दाबी गर्दै प्रहरीले उनीहरु विरुद्धको अपराध र साजाय ऐन–२०४६ अनुसार सजाय प्रस्ताव गरेको हो ।
पाँच खेलाडी प्रहरीको हिरासतमा छन् भने अमेरिकामा रहेका फिजियोथेरापिस्ट डेविजलाई फरार उल्लेख गर्दै अभियुक्त बनाइएको छ ।
पाँच खेलाडी प्रहरीको हिरासतमा छन् भने अमेरिकामा रहेका फिजियोथेरापिस्ट डेविजलाई फरार उल्लेख गर्दै अभियुक्त बनाइएको छ ।
0 comments:
Post a Comment