१९ कात्तिक, काठमाडौं । विशेष अदालतले नेपाल क्रिकेट संघ (क्यान)का तत्कालिन अध्यक्ष टंक आङबुहाङसहित १८ जनालाई भ्रष्टाचारको मुद्धामा सफाइ दिएको छ ।
न्यायाधीशहरु मोहनरमण भट्टराई भुपेन्ऽप्रसाद राई र नरेन्ऽ कुमार शिवाकोटीको इजलासले बिहीबार क्यानका पदाधिकारीहरुलाई सफाइ दिएको हो ।
न्यायाधीशहरु मोहनरमण भट्टराई भुपेन्ऽप्रसाद राई र नरेन्ऽ कुमार शिवाकोटीको इजलासले बिहीबार क्यानका पदाधिकारीहरुलाई सफाइ दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा क्यानका अध्यक्ष लिम्बूसहित १८ जनाविरुद्ध विशेष अदालतमा गत वर्ष जेठ २५ गते भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । अख्तियारले १ करोड ४३ लाख १४ हजार ५ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको थियो ।
तर, विशेषले उनीहरुको संलग्नतामा कुनै पनि रकम हिनामिना नभएको देखिएको भन्दै सवै पदाधिकारी र अध्यक्षलाई सफाई दिने निर्णय सुनाएको हो ।’आरोपको दाबी पुग्न नसकेकाले उनीहरुले सफाइ पाए’ अदालतका रजिष्टार भद्रकाली पोखरेलले अनलाइनखबरसँग भने ।
विशेष अदालतको यस्तो निर्णयपछि क्यानबाट बर्खास्तगीमा परेका उनीहरुलाई क्रिकेट संघको पुनः पूरानै पदमा फर्कने वाटो खोलेको छ ।
अख्तियारले क्यानका अध्यक्ष लिम्बूसहित उपाध्यक्षहरू विनोदकुमार मैनाली, सुनिलमान अमात्य, कोषाध्यक्ष राजबाबु श्रेष्ठ, सचिव ठाकुरप्रसाद पहाडी, सदस्य पूर्ण लामा, आर्थिक समितिका संयोजक चतुरबहादुर चन्द, सदस्यहरू अशोकनाथ प्याकुरेल, किरणशमशेर राणा, ठाकुरप्रताप थापा, राष्ट्रिय खेलकुद परिषदका इन्जिनियर अरुण उपाध्यायको संलग्नता रहेको आरोपपत्र दायर गरेको थियो ।
अख्तियारले उनीहरूबाट १ करोड ४२ लाख २६ हजार ४ सय ३० रुपैयाँ बिगो असुल गरी क्यानलाई भराउन माग गरेको छ ।
0 comments:
Post a Comment