चिन्ताले मानिसलाई चितामा पूराउँछ । त्यसैले तनावलाई भगाउनका लागि मानिसले अनेक उपाय गर्दछन् । तल दिइएको भिडियो हेर्नुस् न । कोही मानिसहरु कारको शिशा फुटाइरहेका छन् त कोही टेलिभिजन उचालेर बजारिरहेका छन् । कोहीले त कारलाई नै पल्टाइदिएका छन् ।
वास्तवमा यी मानिसहरु रिसको झोँकमा आएर यसो गरेका होइनन् । उनीहरुले आफ्नो तनाव भगाउनका लागि यस्तो तोडफोडमा उत्रिएका हुन् । तनाव भगाउने यो तरिकालाई डिस्ट्रक्सन थेरापीको नाम दिइएको छ ।
यो अनौठो थेरापी स्पेनका ३ जना मानिसले सुरु गरेका थिए । जसका पारखीहरुको संख्या तनाव भगाउनका लागि मानिसहरु कार, वासिंग मेसिन, फ्रिज, टिभीलाई हथौडाले फोड्दछन् । अझ अनौठो त के भने यो थेरापीमा संलग्न मध्ये ४० प्रतिशत महिला हुने गरेका छन् । हुनत घरका सामान जथाभावी तोड्ने खालको थेरापी होइन हो । डिस्ट्रक्सन थेरापी सेन्टरले यस्ता सामानको जोहो गरिदिन्छ र निश्चित पैसा तिरेपछि यो थेरापी गर्न पाइन्छ ।
- See more at:
0 comments:
Post a Comment