म्याच फिक्सिङको आरोपमा प्रहरी हिरासतमा रहेका ५ जना खेलाडीलाई आज म्याद थपका लागि अदालतमा उपस्थित गराइँदैछ ।
उनीहरुलाई आज विशेष अदालतमा म्याद थपका लागि उपस्थित गराइने काठमाडौं प्रहरी परिसरका एसपी विश्वराज पोखरेलले सेतोपाटीलाई जानकारी दिए । उनीहरुलाई राज्य विरुद्धको अपराध प्रहरीले मुद्दा दर्ता गरेको छ ।
अदालत बन्द भएपछि खेलाडीहरुमाथिको मुद्दा प्रहरीमा नै दर्ता भइसकेको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताए । राज्यविरुद्धको अपराध ऐन २०४६ अन्तर्गतका मुद्दाहरु विशेष अदालतले हेर्ने र सोही अनुसार उनीहरुलाई अदालतमा लैजान लागिएको एसपी पोखरेलले बताए ।
म्याच फिक्सिङको आरोपमा राष्ट्रिय फुटवल टिमका कप्तान सागर थापा, सन्दीप राई , अन्जन केसी, रितेश थापा र विकाससिंह क्षेत्री अहिले थुनामा छन् ।
प्रहरीले असोज २७ गते उनीहरुलाई पक्राउ गरेपनि विदाका कारण अदालतमा उपस्थित गर्न सकेको थिएन् । उनीहरुलाई एसियाली फुटबल महासंघ र एन्फाले पनि प्रतिबन्ध लगाएको छ । अनुसन्धान नसकिएसम्मका लागि ५ जना खेलाडीलाई प्रतिबन्ध लगाएको महासंघ र एन्फाले जनाएको छ ।
0 comments:
Post a Comment