Home » » प्रहरी र मधेसी मोर्चा बिच फेरि झडप

प्रहरी र मधेसी मोर्चा बिच फेरि झडप

१० कात्तिक, विराटनगर  ।

विराटनगरमा सोमबार राती  मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबीच भएको झडपले तनाव भएको छ । मलाया रोडमा सडक छेउ धर्नामा बसेका मोर्चाका कार्यकर्तालाई प्रहरीले बल प्रयोग गरेर जवरजस्ती हटाउन खोजेपछि तनाव भएको हो ।

आईतबारदेखि मोर्चाका कार्यकर्ताहरू नेपाल भारत सीमा क्षेत्र रानी भन्दा तीन किलोमिटर उतर गौशाला जाने बाटोमा मलाया रोड छेउमा पाल टाँगेर धर्ना बस्दै आएका छन् । साँझ साढे ७ वजे तिर प्रहरीले धर्नाकारीलाई उठाउन खोजेपछि झडप भएको छ । संघिय समाजवादी फोरम नेपाल मोरङका नेता उमेश यादबका अनुसार प्रहरीले अहिले सम्म १० राउण्ड भन्दा बढी सेल अश्रुग्यास प्रहार गरेको छ भने सोही संख्यामा हवाई फायर गरेको छ ।

विराटनगरमा सोमबार साँझ मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबीच भएको झडपले तनाव भएको छ । मलाया रोडमा सडक छेउ धर्नामा बसेका मोर्चाका कार्यकर्तालाई प्रहरीले बल प्रयोग गरेर जवरजस्ती हटाउन खोजेपछि तनाव भएको हो ।

आईतबारदेखि मोर्चाका कार्यकर्ताहरू नेपाल भारत सीमा क्षेत्र रानी भन्दा तीन किलोमिटर उतर गौशाला जाने बाटोमा मलाया रोड छेउमा पाल टाँगेर धर्ना बस्दै आएका छन् । साँझ साढे ७ वजे तिर प्रहरीले धर्नाकारीलाई उठाउन खोजेपछि झडप भएको छ । संघिय समाजवादी फोरम नेपाल मोरङका नेता उमेश यादबका अनुसार प्रहरीले अहिले सम्म १० राउण्ड भन्दा बढी सेल अश्रुग्यास प्रहार गरेको छ भने सोही संख्यामा हवाई फायर गरेको छ ।

कान्तिपुरबाट

Share this video :

0 comments:

Post a Comment

 
Copyright © 2013. Love Zone - All Rights Reserved

Distributed By Free Blogger Templates | Tum hi ho lyrics | How to get rid of hiccups

Proudly powered by Blogger