Home » » चुलाे-चुलाेमा ग्यासको पाइप फिट गरिदिने प्रधानमन्त्रीको भनाई

चुलाे-चुलाेमा ग्यासको पाइप फिट गरिदिने प्रधानमन्त्रीको भनाई

उपत्यकाबाट ग्यासका सबै सिलिण्डर हटाइने
प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यकाबाट ग्यासका सबै सिलिण्डर हटाइने बताएका छन्। एमालेले आज काठमाडौंमा गरेको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पाइपलाइनबाट घरघरमा ग्यास पुर्‍याइने बताए ।
 
ग्यासको सिलिण्डर बाकेर अब कोही पनि सडकमा दर्गुनु पर्ने उनको भनाइ थियो। चुलो चुलोमा ग्यासको पाइप हुने बताउँदै प्रधानमन्त्री ओलीले भित्तामा टाँसिएको मिटरमा जति उठ्छ त्यतिकै पैसा तिर्नुपर्ने बताए। 
 
काम गर्न खोज्दा आफूहरुलाई चारैतिरबाट अबरोध भएको भन्दै एमाले अध्यक्षसमेत रहेका अोलीले विरोधीहरु थाकिसकेको बताए ।
 
डिजेलबाट चल्ने सवारी–साधनको सट्टा विद्युतीय सवारीलाई प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको उनको भनाई थियो। उनले भाषण गर्दा कार्यकर्ताहरुलाई भने कुनै विश्वास थिएन । उनीहरु खित्का छाडेर हाँसिरहेका थिए।  
 
प्रधानमन्त्री ओली केहीदिनअघि एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्छु भनेर विवादमा समेत आएका थिए ।
 
Share this video :

0 comments:

Post a Comment

 
Copyright © 2013. Love Zone - All Rights Reserved

Distributed By Free Blogger Templates | Tum hi ho lyrics | How to get rid of hiccups

Proudly powered by Blogger