Home » » म्याच फिक्सिङको आरोपमा पक्राउ परेका खेलाडीलाई थप सात दिन हिरासतमा राख्न आदेश

म्याच फिक्सिङको आरोपमा पक्राउ परेका खेलाडीलाई थप सात दिन हिरासतमा राख्न आदेश

काठमाडौं, १५ कात्तिक । म्याच फिक्सिङको आरोपमा पक्राउ परेका खेलाडीहरु थप ७ दिन हिरासतमा राखिने भएको छ । विशेष अदालतले पाँचै जनालाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।
Match Fixing
राज्यविरुद्धको अपराधमा मुद्दा चलाईएका खेलाडीहरुलाई आईतबार विशेष अदालतमा उपस्थित गराईएको थियो । अदालतले यसअघि दिएको १७ दिनको म्याद शुक्रबार सकिएपछि थप सात दिन हिरासतमा राख्न आदेश दिईएको हो ।
नेपालको प्रतिनिधित्व गर्दै खेलेका खेलहरुमा वर्षौंदेखि फिक्सिङ गरि दलालहरुसँग पैसा लिँदै आएको पाईएपछि राष्ट्रिय फुटबल टीमका तत्कालीन कप्तान सागर थापा, उपकप्तान सन्दिप राई, गोलकिपर रितेस थापा तथा पूर्वखेलाडीहरु विकाससिंह क्षेत्री र अञ्जन केसी पक्राउ परेका थिए । उनीहरुमाथि अनुसन्धान जारी छ  । (साभार)
Share this video :

0 comments:

Post a Comment

 
Copyright © 2013. Love Zone - All Rights Reserved

Distributed By Free Blogger Templates | Tum hi ho lyrics | How to get rid of hiccups

Proudly powered by Blogger