भैरहवा : डेढ महिनादेखि इन्धनलगायतका अत्यावश्यक मालसामान रोकेर नाकाबन्दी गर्दै आएका सीमावर्ती भारतीय अधिकारीहरुले बुधवार साँझदेखि मानिसलाई हिँड्नसमेत नदिइ औपचारिक रुपमा नाकाबन्दी गरेको छ ।जिला पञ्चायत अध्यक्ष एवम् सदस्यहरुको चुनावलाई मध्यनजर गर्दै महाराजगञ्ज र सिद्धार्थनगर जिलाका सुरक्षा एवम् प्रशासकले नाकाबन्दी गरेका हुन् ।बुधवार साँझदेखि बिहीबा मतदान सकिएर मतपेटिका सुरक्षित स्थानमा पुराउने समयसम्म न्यूनतम २४ घण्टा नाकाबन्दी हुनेछ । महाराजगंज र सिद्धार्थनगर जिलामा चौथो चरणअन्तर्गत बिहीबार मतदानको कार्यक्रम छ ।
महाराजगञ्ज जिलाका अधिकारी सुनिलकुमार श्रीवास्तवले नेपालतर्फ सीमाना जोडिएको नवलपरासीदेखि रुपन्देहीको मर्चवारसम्म ८६ किलोमिटर नाकाबन्दी गरेका छन् ।यसैगरी सिद्धार्थनगर जिलाका अधिकारीले कपिलवस्तु जिल्लाको पुर्वीक्षेत्रमा नाकाबन्दी घोषणा गरेको प्रमुख जिल्ला अधिकारी अव्दुल कलाम खाले जानकारी दिए ।लुम्बिनी अञ्चलको नवलपरासीे, रुपन्देही र कपिलवस्तुको मर्यादपुरसम्म पुर्णरुपमा नाकाबन्दी गरिएको छ । लुम्बिनी अञ्चलसँग जोडिएको सिमावर्ती महाराजगञ्ज र सिद्धार्थनगर जिल्लामा २९ तारिख (कातिक १२ गते बिहीबार) मतदानको कार्यक्रम छ । नेपालतर्फ पनि कडा सुरक्षा गरिएको छ ।सीमावर्ती भारतीय अधिकारीले नाकाबन्दी घोषणा गर्दै यसक्षेत्रका प्रमुख जिल्ला अधिकारी एवम् प्रहरी प्रमुखसँग नाकाबन्दी पुर्णरुपमा सफल पारीदिन अनुरोधसमेत गरेको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले जानकारी दिए ।
‘चुनावले गर्दा मालवाहक सवारी साधन मात्रै होइन, मान्छे आवतजावतमा समेत प्रतिबन्ध लगाइने कुरा गरेका छन्’, प्रजिअ ढकालले भने, ‘नाकाबन्दीको लिखित पत्रसमेत पठाउने कुरा गरेका थिए, तर अझसम्म आएको छैन ।नेपालबाट भारततर्फ हतियार एवम् विस्फोटक पदार्थ तथा चुनाव बिथोलिने कुनैपनि किसीमका गतिविधिहरु नेपाली भूमिबाट हुन नदिने प्रतिवद्धता आफूले भारतीय अधिकारीहरुसँग गरेको उनले बताए ।यसक्षेत्रको मुख्य नाका सुनौली बेलहिया र छोटी भन्सार नाकाहरु महेशपुर, चाकरचौडा, मर्यादपुरसमेत ठप रहने छन् । यसैवीच मंगलबार साँझसम्म सुनौली नाकाबाट १३ वटा इन्धनका ट्यांकरसहित करिब २५० गाडीहरु नेपाल भित्रिएको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।भारतको डिएम, निर्वाचन आयुक्त लगायतका सुरक्षा अधिकारीहरुले मंगलबार सीमाक्षेत्रको स्थलगत निरीक्षण गरी फर्केका छन् ।
महाराजगञ्ज जिल्ला पञ्चायत चुनावको ३६ वडामध्ये चौथो चरणअन्तर्गत बिहीबार ९ वटा वडामा मतदान हुँदैछ । ती वडाहरुमा तीनलाख ३० हजार मतदाता छन् ।जिल्लाका अन्य २७ वटा वडाहरुमा चुनाव सम्पन्न भइसकेको छ । जिलामा कांग्रेसबाहेक चारदल र तीनजना स्वतन्त्रसहित ७ जना नेता चुनावी मैदानमा छन् ।महाराजगञ्ज जिलामा भारतीय जनता पार्टीको उम्मेदवारको तुलनामा समाजवादी पार्टी र बहुजन समाजवादी पार्टीका उम्मेदवारवीच कडा प्रतिस्पर्धा देखिएको हिन्दुस्तान टाइम्सका सुनौली समाचारदाता आलोक जोशीले बताए ।
www.annapurnapost .com
www.annapurnapost .com
0 comments:
Post a Comment