Home » » फुटबल खेल्न डेविड बेह्काम नेपाल आउदै ।

फुटबल खेल्न डेविड बेह्काम नेपाल आउदै ।

काठमाडौं, कार्तिक ९
विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन् । इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।
दुई वर्षअघि व्यवसायिक फुटबलबाट सन्यासका लिएका उनी सात दिनमा सात महादेश घुमेर सात खेल खेल्ने क्रममा नेपाल आउन लागेका हुन्। वेलायती पत्रिका द सन्डे टाइम्सका अनुसार बेकह्यामले नेपाल सहित अन्टार्कटिका, जिबुटी, मायामी, ब्युनस आयर्स, पपुवा न्युयोगिनीमा फुटबल खेल्नेछन्। सात महादेशको भ्रमणबाट फर्किएर बेकह्यामले अन्तिम खेल म्याचेस्टर युनाइटेडको मैदान ओल्ड ट्राफोडमा खेल्नेछन।
सो क्लबबाट उनले ११ वर्ष व्यवसायिक फुटबल खेलेका थिए। बेकह्यामसँगै बीबीसी वान र बीबीसी विश्व सेवा डकुमेन्ट्री निर्माण टोली पनि हुनेछ।
सो टोलीले ९० मिनेटको डकुमेन्ट्री निर्माण गर्ने जनाइएको छ। सन् २००५ देखि युनिसेफ युकेको सद्भावना दूत रहेका उनी मलेरिया नो मोर नाम संस्थाका समेत सद्भावना दूत हुन्।
‘मैले फुटबलले मान्छेको जीवन रुपान्तरण गर्ने प्रभाव पारेको देखेको छु। यो यात्राले मलाई खेलको सकारात्मक पक्ष प्रदर्शन गर्ने अवसर दिनेछ’, बेह्यामले भनेका छन्। बेकह्यामको फुटबल खेल नेपालमा कहिले हुन्छ भन्ने मिति तय भइसकेको छैन।

Share this video :

0 comments:

Post a Comment

 
Copyright © 2013. Love Zone - All Rights Reserved

Distributed By Free Blogger Templates | Tum hi ho lyrics | How to get rid of hiccups

Proudly powered by Blogger