१३ माघ, काठमाडौं । मधेसी मोर्चाका नेता
हृदयेश त्रिपाठीले एमाओवादी अध्यक्ष प्रचण्डलाई भेटेर वार्ता र सहमतिका
लागि पहल गर्न आाग्रह गरेका छन् ।
तमलोपाका नेता त्रिपाठी प्रचण्डलाई भेट्न
उनकै निवास लाजिम्पाट पुगेका थिए । भेटमा आफूले वार्ता र सहमतिका लागि पहल
गर्न आग्रह गरेको त्रिपाठीले अननलाइनखबरलाई बताए ।
संविधान संशोधनपछि प्रमुख दलहरु अब
आन्दोलन नै छैन भने जसरी बनेको उनको गुनासो थियो । ‘संविधान संशोधन पाए
भएपछि कांग्रेस, एमाले र एमाओवादी रिल्याक्स मुडमा बस्नु भएको छ’ मोर्चाका
नेता त्रिपाठीले भने-तर, हामी आन्दोलनमै छौं । सवार्ता र सहमतिका लागि पहल
गर्नुस् भनेर उहाँं (प्रचण्ड)लाई आग्रह गरेको छ ।’
छलफलका क्रममा एमाओवादी अध्यक्ष प्रचण्डले
भने नाकाको धर्ना खोल्न आग्रह गरेका थिए । जवाफमा त्रिपाठीले भने
सीमांकनसहितका विषयमा सहमति गर्न आग्रह गरेका छन् । उनले भने-नाकामा
धर्नासहितको हाम्रो आन्दोलन जारी नै छ । विषयवस्तु सम्बोधन नहुँदासम्म
आन्दोलनमै रहन्छौं ।’
उपचारका लागि भारत गएका तमलोपा अध्यक्ष
महन्थ ठाकुर बिहीबार काठमाडौं आउँदैछन् । यसपछि सहमतिको प्रयास फेरि सुरु
हुने नेताहरूले बताएका छन् ।
0 comments:
Post a Comment