एक अनुसन्धानअनुसार यौनको बढी भन्दा बढी आनन्द लिनका लागि केही सामान्य
कुरामा ध्यान दिन आवश्यक छ । ‘क्यानेडियन जर्नल अफ ह्युमेन सेक्सुवालिटी’मा
प्रकाशित अनुसन्धानअनुसार
ग्रेट सेक्स’ का लागि यौनपार्टनरसँग मानसिक रुपमा तालमेलको जरुरी छ ।
दुवैबीच संवादको समेत एकरुपता आवश्यक पर्छ । एक आपसमा आ–आफ्नो उपस्थिति
दर्ज गराउनु सुपर सेक्सका अर्को सूत्र हो ।
अनुसन्धानमा भनिएको छ, ‘सँगै हुँदा हरेक क्षण पूर्ण रूपमा रमाइलो तरिकाले
जिउने प्रयास गर्नुपर्छ ।’ दुबैले आफ्नो ऊर्जाको भरमग्दुर उपयोग गर्दै
सम्बन्धको न्यानोपनलाई कायम राख्नु आवश्यक हुन्छ ।
अन्तरंगता अर्को मुख्य सूत्र हो ।अन्तरंगता यौन सम्बन्धका लागि उत्प्रेरक
हुन्छ, जसले उत्तेजनामा तीब्र वृद्धि गर्छ । यसले आपसमा आदर र सम्मानको भाव
समेत जाग्रित हुन्छ । सँगै एक–अर्काप्रति वास्तविक र स्वाभाविक यौन चाहना
उत्पन्न हुन्छ । अनुसन्धानअनुसार यौन क्रियाका लागि एक–अर्कालाई शारीरिक
रूपमा अनुभव गर्नु नै महत्वपूर्ण हुँदैन ।यद्यपि यौन क्रियाक्लपामा
जुट्नुअघि अतिरिक्त संवाद र एक–अर्काप्रति सहानुभूति राख्दा अझ राम्रो
हुन्छ । संवाद बोली वा सांकेतिक रुपमा हुन सक्छ । सम्बन्धको सुमधुरता
आवश्यक हुनुको साथै एक–अर्काप्रतिको समर्पण अझ महत्वपूर्ण कुरा हो ।यदि
जोडीहरू मानसिक र शारीरिक रूपमा यसका लागि तयार हुन्छन् भने उनीहरू राम्रो
यौनको अनुभव गर्छन् । जोडीहरूले यो कोसिस गर्नुपर्छ कि आफ्नो साथीलाई
परमानन्दको सुख दिने होइन, दुइटैले कसरी आनन्द लिने ।
अनुसन्धानले ‘स्वस्थ यौन’ एक प्रकारको ‘एडवेन्चर’ बताएको छ, जसलाई विवाहित
दम्पती, प्रेमजोडीले अनुभव गर्न सक्छन् । बुझ्नैपर्ने कुरा के हो भने
यौनका लागि तयार हुनु युद्ध लड्नु होइन, यो समर्पण हो ।
दुवैलाई एकअर्कालाईै पूर्ण रुपमा सुम्पिनुपर्छ, जसले गर्दा अनुकुल तरिका र
आसल अपनाएर साथीले दोहोरो यौन सन्तुष्टि सिर्जना गर्न सकोस् । बिहे भएका ६०
वर्षमुनिका जोडीहरूलाई अनुसन्धानमा सहभागी थिए । अनुसन्धानमा भाग लिएका
जोडीलाई भावनात्मक रूपले मुक्त गरिएको थियो ।अनुसन्धानको समय यो देखियो कि
जसले निःस्वार्थ रूपले अनुसन्धानमा भाग लिए उनीहरूमध्ये यौनको समय कुनै पनि
सम्बन्ध तोड्नेजस्तो स्थिति उत्पन्न भएन । उनीहरूले अति आनन्ददायक यौनको
अनुभव गरे ।
Home »
» के तपाई लाई थाहा छ सुपर सेक्स भनेको के हो ? सुपर सेक्स गर्ने तरिका सबैले जानै पर्ने तथ्य पद्नुहस
के तपाई लाई थाहा छ सुपर सेक्स भनेको के हो ? सुपर सेक्स गर्ने तरिका सबैले जानै पर्ने तथ्य पद्नुहस
Posted by gk
Posted on 12:03 AM
with No comments
0 comments:
Post a Comment