Home » » के तिमी मसँग बिहे गर्छौ ?

के तिमी मसँग बिहे गर्छौ ?

गीता चिमोरीया
नमस्ते अप्सना जी !
फेसबुक खोलेर ‘मेसेज चेक’ गर्दैगर्दा उसले देखि यो ‘मेसेज’ पनि । हुन त हरेक दिन आउने सबै म्यासेज ‘रिप्लाई’ गर्दिन, अप्सना । प्राय ‘इन्टरनेट’मै भएपनि झ्याउ मान्छे ‘च्याट’ गर्न । त्यसैले त धेरैजसो अफलाइनमै बस्छे । इन्टरनेटको त लत नै बसीसक्यो भन्दा पनि हुन्छ । बरु एकदिन खाना नखाएपनि हुन्छ, तर नेटमा बस्न पाइन भने दिनभरी छट्पट्टिन्छे । फेसबुकमा स्टाटसहरु लेख्न र फोटो अपलोड गर्नचाहि खुबै मनपर्छ, उसलाई । आफूले देखेका र भोगेका हरेक कुरालाई स्टाटसमा लेखिहाल्नु पर्ने, उसको बानी । धेरैले सोध्छन्, ‘तपाई त कहिलेपनि अनलाइनमा भेटिनुहुन्न नि ?’……..उ यतिमात्रै भन्छे, ‘ मलाई अनलाइन बस्न झ्याउ लाग्छ, त्यही भएर प्राय अफलाइनमै बस्छु ।

 ’अनलाइन बसेपछि Hi, Hello, के छ खबर ? खाना भयो त ? यस्तै म्यासेजको ओइरो लाग्छ । हरेक दिन Hi, Hello र खाना भयो ले दिक्क लगाउछ । कहिलेकाही सोंच्छे …..खाना नखाई पनि कोही बस्छ होला र ? हरेक दिन सोधीराख्नपर्ने कुरा हो र यो ?

लगभग ५ हजार साथी, ५ देखि ६ सय जना अनलाइनमा हुन्छन् । अनलाइन बसेपछि Hi, Hello, के छ खबर ? खाना भयो त ? यस्तै म्यासेजको ओइरो लाग्छ । हरेक दिन Hi, Hello र खाना भयो ले दिक्क लगाउछ । कहिलेकाही सोंच्छे …..खाना नखाई पनि कोही बस्छ होला र, हरेक दिन सोधीराख्नपर्ने कुरा हो र यो ? तर कसैलाई पनि यस्तो रिप्लाई गर्दिन । मन नदुखोस्, भनेर । बरु एसएमएस को रिप्लाई नै नगर्यो, आनन्द । उसलाई त्यस्तो मान्छेसँग मात्रै च्याट गर्न मनपर्छ जसले आफ्नो गाउँठाउँको बारेमा भनोस्, नयाँ कुरा सुनाओस्, त्यहाँका समस्याहरु सेयर गरोस्, अनि आफ्नो ठाउँको बारेमा पनि सुनाउन पाइयोस् । तर एकदमै कम भेटिन्छन्, यस्ता साथी ।

 त्यो दिनचाहिँ खै किन हो ? म्यासेज रिप्लाई गर्ने मुड चलेछ । नमस्ते ! फर्काई उसले पनि । प्रोफाइल खोलेर हेरी । हेर्दा फुच्चे फुच्चे लाग्ने केटा, गोरो अनुहार, ठूला ठूला आँखा, कपाल काटेर छोटो बनाएको, ड्रेस नि उस्तै सुहाएको । अप्सनाको मन खिच्यो, उसले आफैतिर । मनमनै भनी, ‘फोटोमा त यस्तो राम्रो छ, आँखै अगाडी हेर्न पाए त ? ’

प्रोफाइमा खासै केही लेखेको रहेनछ । वर्क एट मा चाहि ‘बेरोजगार’ लेखेको रहेछ । हेरेर मनमनै हाँसी ।
फेरि उतैबाट मेसेज आयो ।

    प्रोफाइल खोलेर हेरी । हेर्दा फुच्चे फुच्चे लाग्ने केटा, गोरो अनुहार, ठूला ठूला आँखा, कपाल काटेर छोटो बनाएको, ड्रेस नि उस्तै सुहाएको । अप्सनाको मन खिच्यो, उसले आफैतिर । मनमनै भनी, ‘फोटोमा त यस्तो राम्रो छ, आँखै अगाडी हेर्न पाए त ? ’

हजुर त पत्रकार है ?
प्रश्न सुनेपछि झस्की । चिनेकै मान्छे रहेछ सायद, भन्ने लाग्यो ।
हो, तर कसरी थाहा भयो ? प्रश्न गरी उसले पनि ।
थाहा भइहाल्छ नि, किन थाहा पाउन हुन्न थियो र ?
त्यस्तो त होइन, तै पनि ?
तपाईको प्रोफाईलबाट ।

‘मैले प्रोफाईलमा त कामको बारेमा लेखेको छैन, अनि कसरी थाहा भयो ?’ पत्याइन अप्सनाले ।
तपाईको स्टाटसहरु प्राय सबै पढ्छु, खुबै मन पर्छ ।
‘थ्याक्यू !’ कृतज्ञता व्यक्त गरी अप्सनाले ।
चिनेको मान्छे भए त सम्झना हुनपर्ने, उसको कौतुहलता अझै मेटिएको थिएन । फेरि सोधी, ‘भन्नु न म पत्रकार भनेर कसरी थाहा पाउनु भा को ?’
‘तपाईको स्टाटसहरु हेर्दा त्यस्तै लाग्छ, अनि फोटोहरु पनि हेरेको छु । त्यसैले थाहा पाएँ । ’ उसले भन्यो ।
उसको उत्तरले चित्त बुझेन अप्सनालाई, तरपनि त्यो टपिकलाई लम्ब्याउन मन लागेन ।
उसलाई कुरा गर्न रमाइलो लाग्दै थियो । भनि, ‘ एउटा कुरा भन्छु नरिसाउँनु ल ?’
के कुरा ? भन्नु न …
‘रिसाउन चाहि नपाई नि फेरि ?’ वाचा गराई उसले ।
पहिला कुरा त भन्नु ….
तपै कति ‘हेन्सम’ हुनुहुन्छ ।

    उसलाई कुरा गर्न रमाइलो लाग्दै थियो । भनि, ‘ एउटा कुरा भन्छु नरिसाउँनु ल ?’
    के कुरा ? भन्नु न …
    ‘रिसाउन चाहि नपाई नि फेरि ?’ वाचा गराई उसले ।
    पहिला कुरा त भन्नु ….
    तपै कति ‘हेन्सम’ हुनुहुन्छ

अक्क न बक्क भयो, उ । आफूसँगैका कुनैपनि केटीसाथीले केटालाई यसरी भनेको सुनेको थिएन, उसले । झन अप्सना त फेसबुकको मात्रै साथी, यसअघि कुरा पनि भको थिएन । आज पहिलो चोटी कुनै केटीले जिस्काउने पारामा उसलाई यसो भनेकी थिई । रमाइलो पनि लाग्यो उसलाई । बरु थुप्रै केटासाथीले केटीहरुको सुन्दरताको प्रशंसा गरेको सुनेको थियो । एक्कासी उसको मनमा एउटा प्रश्न उब्जियो, साँच्चै केटीहरु किन खुलेर केटाहरुको प्रशंसा गर्दैनन् ? तर सोधेन अप्सनालाई । के भनम् के भनम् भयो, उसलाई ।….अनि उ हाँस्यो मात्रै…….त्यस्तै स्टिकर पठायो । सायद लजायो ।

अप्सनाको कुरा गराईको शैलीले उसले नजिकिएको महसुस गर्यो, सायद । कुरा गदैगर्दा एक्कासी उसले ‘तिमी’ भनेर संवोधन गर्यो ।
अप्सनालाई अलि मन परेनँ । अनि भनि, एउटा कुरा सोधम् ?
हुन्छ…..
हाउ वल्ड आर् यू ? भन्न मिल्छ ?
किन र ?
‘उमेर भन्न नि किन डराको ? केटी मान्छेको पो उमेर सोध्न हुन्न भन्छन् त, केटा मान्छेले त भन्दा केही हुन्न हौ ।’ उसले कर लगाई ।
भन्छु, तर किन सोधेको ?
किन को जवाफ नै नदिई…उसले अर्को प्रश्न गरी, कतिमा पढ्ने हो ?
‘१२’ उसले लेख्यो ।
‘उमेर भन्न चाहि लाज लाग्या हो ?’ जिस्काई उसले ।
१८…..उत्तर आयो । म भन्दा ४ वर्ष कान्छो रैछौं । ‘तिमी’ भन्छु ल अबदेखि म, हुन्छ ?

सायद उसलाई अप्ठ्यारो लाग्यो, अप्सनालाई तिमी भनेकोमा । अनि आफैंले ‘तपाई’ संवोधन गर्यो ।
हुमममम् ……..हुन्छ । अनुमति दियो उसले ।

वर्क एटमा किन ‘बेरोजगार’ लेखेको ? पढ्दै रैछौ, ‘स्टुडेन्ट’ लेखेको भा भै हाल्थ्यो नि । सुझाई उसले ।
नेपालमा जागीर नै पाइदैनँ, अनि बेरोजगार लेख्न परेनँ त ? उल्टै पश्न गर्यो, उसले ।
अहिलेसम्म कतै ट्राई गरेको छौ ? अप्सनाले सोधी ।
मैले त छैन । तर ट्राई गर्नेहरुले पनि पाका छैनन्, अहिलेसम्म ।
अनि आफूले ट्राई नै नगरि भन्न मिल्छ त ?
खै किन हो ….जवाफ नै दिएन, उसले ।

‘फेसबुकको नाम त रियल हो नि ?’ प्रश्न सोध्न छोडिन, अप्सनाले ।
किन हैन जस्तो लाग्यो ? उत्तर दिनुभन्दा बढी प्रश्न नै गथ्र्यो, उ ।
‘प्राय केटाहरु नाम पनि फेक राख्छन् नि त, त्यै भएर सोधेको । ’ स्पष्ट पारी उसले ।
‘हैन, यही नाम हो मेरो ।’ जवाफ दियो उसले ।
‘अच्युत’ कस्तो राम्रो नाम । मनमनै भनि तर उसलाई सुनाइन, नाम मन परेको कुरा ।
सोधी, ‘अच्युत को अर्थ के हुन्छ ?’
एकपछि अर्को प्रश्न……प्रश्नैप्रश्नले दिक्क लाग्यो सायद उसलाई । अलि झर्केजसरी उत्तर दियो, ह्या….थाहा छैन । ममीले राख्देको नाम हो के ।

    अप्सनाको कुरा बुझेनँ वा…….भनेको जस्तो जवाफ आएन…..फेरिपनि उत्तर नदिइकनै बस्यो, उ ।
    फेरि उसैले जिज्ञासा राखी, ‘१२ पढिसकेपछि के गछौ ?’
    खै……अहिलेसम्म त सोंचेको छैन । हेरम् के हुन्छ ।
    कि बिहे गछौ ?

‘तिम्रो फेसबुकको प्रोफाइल हेरेर धेरैले तिमीप्रतिको धारणा बनाउँछन् । तिमी कस्तो खालको मान्छे हौ भन्ने कुरा पनि तिम्रो प्रोफाइल र स्टाटसहरुबाटै अनुमान लगाउँछन्, मान्छेले । सामाजिक सञ्जाल भनेको आफूलाई चिनाउने माध्यम पनि त हो नि ।’ अप्सनाले भनि । उ रिसायो कि भनेर कताकता डरपनि लाग्यो उसलाई ।

अप्सनाको कुरा बुझेनँ वा…….भनेको जस्तो जवाफ आएन…..फेरिपनि उत्तर नदिइकनै बस्यो, उ ।
फेरि उसैले जिज्ञासा राखी, ‘१२ पढिसकेपछि के गछौ ?’
खै……अहिलेसम्म त सोंचेको छैन । हेरम् के हुन्छ ।
कि बिहे गछौ ?

अनपेक्षित प्रश्नले झस्कियो, अच्युत ।
नाई, अहिले नै कहाँ बिहे गर्नु ? केटी मान्छेलाईजस्तो सजिलो छ नि केटाहरुलाई, बिहे गर्न ?
‘किन ? त्यस्तो गाह्रो के छ र, केटाहरुलाई चाहिँ ?’ थाहा पाउन मन लाग्यो अप्सनालाई, केटाहरुको गाह्रो अप्ठ्यारो ।
‘कस्तो थाहा नपाको जस्तो गर्नु भा भन्या, यस्तो बुझ्ने मान्छेले पनि । बिहे गरेर मात्रै हुन्छ ? अर्काको छोरी ल्याएपछि पाल्न पनि त पर्यो । अनि फेरि यो केटीहरुलाई अनेकथरी चाहिन्छ । एउटा गतिलो जागीर नभई त बिहे गर्ने कुरा नसोचेपनि हुन्छ, केटाहरुले । होइन भने कि त बिहे गरेको अलि महिनापछि बिदेश लागे हुन्छ ।’ ……लामै उत्तर दियो, उसले ।
‘पूरै गलत !’ असहमति जनाई उसले ।

अँ……साँची यो केटीहरुलाई चाहिने अनेकथरी भित्रचाहि के के पर्दो रैछ नि ? उत्सुत्कता जाहेर गरी, उसले ।
‘किन, तपाई केही लगाउनु हुन्न र ? थाहै नपाको जस्तो पो गर्नु भयो त ? के हुनु त्यही त हो…..लिपिस्टिक, गाजल, नेल्थपोलिस देखि लिएर आई स्याडोसम्म । खै के के लगाउन पर्या हो । कपडा नि एक जोरले पुग्ने हैन, चल्ति आकै पिच्छे बदल्नु पर्ने ।’ प्रश्न गर्दै उत्तर पनि दियो उसले ।

    अँ……साँची यो केटीहरुलाई चाहिने अनेकथरी भित्रचाहि के के पर्दो रैछ नि ? उत्सुत्कता जाहेर गरी, उसले ।
    ‘किन, तपाई केही लगाउनु हुन्न र ? थाहै नपाको जस्तो पो गर्नु भयो त ? के हुनु त्यही त हो…..लिपिस्टिक, गाजल, नेल्थपोलिस देखि लिएर आई स्याडोसम्म । खै के के लगाउन पर्या हो । कपडा नि एक जोरले पुग्ने हैन, चल्ति आकै पिच्छे बदल्नु पर्ने ।’

‘अहिलेसम्म कसैको लागि किनिदिएको छौ, लिपिस्टिक-गाजल ?’ अप्सनाले सोधी ।
‘मैले त कसलाई किनिदिनु र ? तर वरपरका दाइहरुले भनेको सुनेको । साह्रै गाह्रो हुन्छ रे बिहेपछि, केटाहरुलाई । ’ जवाफ फर्कायो अच्युतले ।
आफ्नै मनसँग गुनगुनाई अप्सना……‘जसले जे सुनायो त्यसकै आधारमा धारणा बनाउने रैछ मान्छेले । आफैले नभोगेसम्म के थाहा, जीन्दगीको यथार्थ ?’ तर केही भनिन, अच्युतलाई ।

ए….श्रीमती पाल्नुपर्छ भनेर पो अहिले नै बिहे नगर्ने भनेको ? अनि कुनै केटीले ‘म तिमीलाई पाल्छु ’ भनीभने चाहिँ बिहे गर्छौ त ? अच्युतको मन जाँची उसले ।
(हुन त उसलाई सिधै भन्न मन थियो, ‘म पाल्छु तिमीलाई….के तिमी मसँग बिहे गछौं ? ’ तर सिधै त्यसो भन्न आँट आएन ……अनि घुमाउरो पाराले अच्युतको मन जाँचेकी थिई ।)

अलि अप्ठ्यारो लाग्यो अच्युतलाई, त्यो प्रश्न । अनि घुमाउरो पारामा जवाफ दियो…..‘मेरो उमेर नै पुग्या छैन नि, बिहे गर्नलाई । ’
‘ कहिले पुग्छ त बिहे गर्ने उमेर ? ’ कति वर्ष भएपछि बिहे गर्ने भनेर सोंचेका छौ ? ’ अच्युतको विचार बुझ्न चाहन्थी अप्सना ।
‘खै ….यो बारेमा त मैले सोंचेकै छैन ।’ स्पष्ट थिएन अच्युत विवाहको बारेमा । हुन त अहिले स्पष्ट हुने बेला पनि त भको थिएन, उसको । भर्खर त १२ मा पढ्दै थियो ।

    ए….श्रीमती पाल्नुपर्छ भनेर पो अहिले नै बिहे नगर्ने भनेको ? अनि कुनै केटीले ‘म तिमीलाई पाल्छु ’ भनीभने चाहिँ बिहे गर्छौ त ? अच्युतको मन जाँची उसले ।

फेरि…सोधी, ‘घरमा को को हुनुहुन्छ ?’
‘ममी, एउटा भाई र एउटा बहिनी ।’ जवाफ दियो, उसले ।
‘अनि बाबा ?’ उत्तर सकिन नभ्याउँदै सोधी अप्सनाले ।
हुम्……बाबा त हुनुहुन्न ….डेथ भइसक्यो, अलि पहिल्यै । एक्सीडेन्टमा पर्नु भको रे, ममीले भन्नुभको । बाबाको डेथ हुँदा म अलि सानै थिएँ । त्यति धेरै याद छैन ।

अप्सनाको मन चिसो भयो, कताकता बिझाएजस्तै भयो….व्यर्थै सोधेछु जस्तो पनि लाग्यो एकमनले……
‘ला…….सरी है ….बिर्सिसकेको कुरा फेरि बल्झाई दिए ।’ क्षमा मागी अप्सनाले ।
‘हैन केही छैन….यसमा तपाईको के दोष र ? थाहा नभएको कुरा सोध्नु भको त हो नि । ’ अप्सनाको मनलाई शीतल बनाउने जवाफ दियो, अच्युतले ।

‘ममी के गर्नु हुन्छ ? अनि भाइ बहीनी कतिमा पढ्ने हो नि ?’ एकैपटक दुईवटा प्रश्न गरी, उसले ।
अब भने उसलाई अप्सनाका प्रश्नहरुले हैरान बनाउन थाल्यो …….अनि उत्तर नदिइ उल्टै प्रश्न गर्यो ।
‘मेरो अन्तरवार्ता त लिनु भा होइन नि ? सोध्न केही बाँकी नराख्नु हुने भयो त……कुरा त अरु पत्रकारहरुसँग पनि हुन्थ्यो तर कसैले पनि यस्तो कुरा सोधेको थिएन, अहिले सम्म । ’

अप्सना मुस्कुराई उसको जवाफले……..अलि बढी नै पो सोधेछु कि जस्तो पनि लाग्यो । अनि हत्तपत्त टाईप गरी……‘ त्यस्तो हैन, भन्न मन छैन भने नभन्दा पनि हुन्छ । यत्तिकै सोधेको मात्रै । ’

‘भाइ ८ मा पढ्छ, बुने ६ मा । पहिला त ममी खास केही गर्नुहुन्न थियो रे । तर बाबाको डेथ भएपछि…….कमाउने मान्छे भएन भनेर पसल गर्न थाल्नु भा छ ।’ भावुक बनाउने जवाफ दियो, उसले ।

अब भने अप्सनाले आफ्नो मनको कुरा नभनि बस्नै सकिन । तर आफ्नो कुराले अच्युत रिसाउने हो कि भन्ने चिन्ता पनि थियो, उसलाई । दोमन भई….भनम् कि नभनम् ? भनेर । अनि आफ्नो मनको गाँठो फुकाउनु अघि लामो भूमिका बाधी…….

    तिमी क्युट छौ, हेन्सम छौ । मान्छे हेर्दा जति राम्रो छौ नि…..त्यो भन्दा अझ धेरै तिम्रो मन राम्रो छ । थाहा छैन ‘म’ तिमीलाई कस्तो लाग्छ ? तर ‘तिमी’ मलाई एकदमै राम्रो लाग्छ । आई लभ यू………यदि तिमी पनि चाहन्छौ भने म तिमीसँग बिहे गर्न चाहन्छु ।’

म्यासेज टाइप गरी, ‘हुन त तिम्रो र मेरो भेट भको छैन । फेसबुकका साथी मात्रै हौ, हामी । पहिलेदेखि नै साथी भएपनि आज पहिलो चोटी कुरा भयो । मेरो बारेमा त झन केही पनि थाहा छैन तिमीलाई । कुरा भको पहिलो दिन नै मैले यस्तो कुरा गर्दा नराम्रो लाग्ला तिमीलाई । मेरो यो प्रस्ताव स्वीकार्नै पर्छ भन्ने त छैन । तर मैले आफ्नो मनको कुरा नभनिरहन पनि सकिनँ । उत्तर जस्तो आएपनि स्विकार्न तयार छु ।

तिमी क्युट छौ, हेन्सम छौ । मान्छे हेर्दा जति राम्रो छौ नि…..त्यो भन्दा अझ धेरै तिम्रो मन राम्रो छ । थाहा छैन ‘म’ तिमीलाई कस्तो लाग्छ ? तर ‘तिमी’ मलाई एकदमै राम्रो लाग्छ । आई लभ यू………यदि तिमी पनि चाहन्छौ भने म तिमीसँग बिहे गर्न चाहन्छु ।’

‘…..ओहो……..तपैले यो सब कसरी सोच्नु भयो ? मैले त तपाईलाई त्यस्तो सोंचेको छैन । फेसबुकमा एकदिन कुरा गर्दैमा बिहे गर्नेसम्मको निर्णय गर्न कसरी सकिन्छ र ? जिन्दगी लामो छ । अनि फेरी तपाई र मेरो त केही पनि मिल्दैन…..न उमेर, न पढाई, न मेरो जागीर नै छ ? कसरी सोंच्नुभाको यस्तो कुरा ? ’ अच्युतले म्यासेजको रिप्लाई गर्यो ।

 अप्सनाले सम्झाई…..हो तिमीले भनेको ठिकै हो । हामीलाई एक अर्काको बारेमा धेरै कुरा थाहा छैन । त्यसका लागि त हामी भेटर पनि त कुरा गर्न सक्छौ नि, सक्दैनौ  र ? आजको आजै बिहे गरौं भनेको पनि त हैन । मेरो पनि बिहे गर्ने उमेर भइसकेको कहाँ हो र ? तर एकजना यस्तो साथीको आवश्यकता महसुस भइराछ, जसले मेरो हरेक काममा मलाई साथ देओस् ।

    आजको आजै बिहे गरौं भनेको पनि त हैन । मेरो पनि बिहे गर्ने उमेर भइसकेको कहाँ हो र ? तर एकजना यस्तो साथीको आवश्यकता महसुस भइराछ, जसले मेरो हरेक काममा मलाई साथ देओस् ।

‘सरी मैले तपैको मन दुखाउँन खोजेको हैन । अनि बिहे गर्ने उमेर नै नभईकन किन बिहेको कुरा गर्नु भा त ? अनि फेरि म त भर्खर पढ्दै गरेको स्टुडेन्ट…..हजुरले त जस्तो मान्छे खोजेपनि भेटिहाल्नु हुन्छ नि । बरु हजुरले त आफ्नै पेशाको मान्छे खोजेर बिहे गर्दा हुन्थ्यो नि……..काम गर्न नि सजिलो हुन्थ्यो । ’ अप्सनालाई सल्लाह दियो अच्युतले ।

तिमीलाई ‘म’ मनै पर्दैन भने त कर लगाउदिनँ । तर पढाई, जागिर अनि उमेरको कुरा हो भने…..चिन्ता लिन पर्दैन । सबैभन्दा ठूलो कुरा दुईजनाको मन मिल्नुपर्छ । अरु सब तपशिलका कुरा हुन् । विस्तारै आफैं मिल्दै जान्छ । अझ अगाडी भन्दै गई अप्सना, कम उमेरको केटा र बढी उमेरको केटीले बिहे गर्न हुन्न भन्ने कही लेख्या छ र ?
त्यो त छैन । तरपनि ……..तर मा गएर रोकियो, अच्युत ।

तर…. अरुले के भन्लान्, भन्ने पिर होला हैन ? हेर….अरुको पछाडी लाग्न थाल्यो भने त तिमीले आफैलाई पनि बिर्सिदिए हुन्छ । समाजमा धेरै मान्छे आफू राम्रो गर्न भन्दा पनि अरुको नराम्रो खोज्नतिर लाग्छन् । तिनीहरुको ठेक्का लिएर साध्य हुँदैन । अनि बाँकी रह्यो कुरा जागीर र पढाईको…….तिमीलाई जतिसम्म पढ्न मन छ, पढ्न सक्छौ । त्यसको लागि म सघाउँछु । जागिरको चिन्ता लिन पर्दैन, पढीसकेपछि जागीर त पाइहालिन्छ नि ।
अप्सनाको कुराले अच्युतको मुखमा बुझो लाग्यो । दुबैजना मौन भए, एकछिन ।
केहीबेरको मौनतालाई तोड्दै अच्युतले म्यासेज पठायो, ‘एउटा कुरा सोंध्छु ल ? ’
‘हुन्छ, सोध न । ’ ….अनुमति दिई, उसले ।

    तिमीलाई ‘म’ मनै पर्दैन भने त कर लगाउदिनँ । तर पढाई, जागिर अनि उमेरको कुरा हो भने…..चिन्ता लिन पर्दैन । सबैभन्दा ठूलो कुरा दुईजनाको मन मिल्नुपर्छ । अरु सब तपशिलका कुरा हुन् । विस्तारै आफैं मिल्दै जान्छ ।

‘साँच्चै अहिले नै किन बिहे गर्ने कुरा गर्नु भा ? भन्न मिल्छ ?’ अप्सनाको मनको कुरा बुझ्न चाह्यो, उसले ।
किन नमिल्नु ……मिलिहाल्छ नि । खासमा कुरा के भने नि ……म घरभन्दा अलि टाढा छु । एक्लै बस्छु भन्दापनि हुन्छ । स्कुलमा पढाउँछु । एउटा मात्रै काम गरेर खान पुग्दैन, हिजोआज । त्यसैले बिहानको समयमा नजिकैको कलेजमा ‘एकाउन्टेन्ट’ को काम नि गर्छु ।
‘अनि पत्रकारीता ?’ अप्सनाको कुरा बिचमै काटेर सोध्यो उसले । तपाई मिडियामा काम गर्ने हैन र ?

पहिला गर्थे….अहिले नि गर्छु । तर आजकाल फुर्सद हुँदा मात्रै लेख्छु । पार्ट टाइम भनौ न ….पहिलाको जस्तो पूरै समय मिडियामा बिताउदिनँ । नेपालको मिडियाको हालत थाहा छदै छ नि तिमीलाई । जीवन निर्वाह गर्न गाह्रो हुन थालेपछि टिचिङ सुरु गरेको । अप्सनाले आफ्नो कुरालाई निरन्तरता दिई….
बिहानदेखि बेलुकासम्मको कामले दिमाग ह्याङ हुन्छ । साँझ कोठामा आयो, फेरि आफै खाना बनायो, आफै भाडा माझ्यो । हप्ताभरीको कपडा थुपार्यो अनि शनिबार दिनभर कपडा धोएरै बित्छ । अफिसबाट फर्किदा एक कप चिया बनाएर दिने मान्छे नि हुन्न । यतिसम्म कि कहिलेकाही बिरामी हुँदा तातोपानी दिने मान्छेसम्म पनि हुँदैन । ….त्यही भएर एकजना साथी भईदिए हुन्थ्यो जस्तो लाग्छ ।

अझ अगाडी भन्दै गई अप्सना, ….
मेरो कपडा धुने र मेरा लागि खाना बनाइदिने मान्छे खोजेको चाहि हैन है फेरि । यस्तो साथी जसले म अफिसबाट थाकेर आउँदा मिठो बोली बोल्देओस् । बिरामी हुँदा तातोपानी तताएर देओस् । घुम्न जाँदा एक्लै हिड्न नपरोस्, सँगै हिड्ने कोही होस् । दुबै जना मिलेर खाना बनाउँन पाइयोस् । कपडा धुदा पखाल्ने मान्छे होस् । मैले भाडा माझ्दा पानी हालिदिने साथी होस् । अनि कोठामा बस्दा इन्टरनेट र पुस्तकहरुसँग मात्रै मैले समय बिताउन नपरोस् । कुरा गर्ने साथी होस् । …….
हो, यस्तै साथी चाहिएको मलाई । अनि मैले खोजेको जस्तो साथी तिमी हुन सक्छौ भन्ने लाग्यो र तिमीसँग मनको कुरा सेयर गरें । अन्यथा नसोंच्नु । के तिमी मैले सोंचेको जस्तो साथी बन्न सक्छौ ? मलाई साथ दिन सक्छौ ? अच्युत….के तिमी मसँग बिहे गर्छौ ?

    घुम्न जाँदा एक्लै हिड्न नपरोस्, सँगै हिड्ने कोही होस् । दुबै जना मिलेर खाना बनाउँन पाइयोस् । कपडा धुदा पखाल्ने मान्छे होस् । मैले भाडा माझ्दा पानी हालिदिने साथी होस् । अनि कोठामा बस्दा इन्टरनेट र पुस्तकहरुसँग मात्रै मैले समय बिताउन नपरोस् । कुरा गर्ने साथी होस् ।

……………
‘ मलाई हजुरको नम्बर दिनु….म कल गर्छु । हामी भेटौला…अनि कुरा गरौँला है त ? ’ अच्युतले भन्यो ।
‘९८५४०……..ओ के….यो नम्बरमा कल गर्नु …..अहिले नै एस अर नो भन्न पर्दैन । सोंचेर विस्तारै उत्तर दिएपनि हुन्छ । म पर्खिरहनेछु….तिमीलाई ।’ अप्सनाले नम्बर दिई ।

‘ओ माई गड…..कति बज्यो थाहा छ ? हेर त एक बज्न लागेछ । अब सुत्नुपर्छ । फेरि बिहानै उठेर कलेज जान गाह्रो हुन्छ । तिमी पनि सुत । तिम्रो पनि त कलेज जानुपर्छ होला नि, कि पर्दैन ?’ गफैगफको सुरमा समय बितेको पत्तै भएनछ, दुबैलाई ।
‘भोली बिदा छ, हाम्रो कलेज । हजुर सुत्नु….म नि अब सुत्छु । ओ के गुड नाइट ।’ अच्युतले बिदा माग्यो ।
‘ओ के ….गुड नाइट हैन गुड मर्निङ भन्नुपर्छ । एक बज्न लाग्यो नि त । ’…..छुटिने बेलामा जोक गरी अप्सनाले ।
अच्युत पनि हाँस्यो । अनि भन्यो, ‘ ओ के बाई…राम्रोसँग निदाउँनु । ’
‘ओ के बाई ।’ अप्सनाले रिप्लाई गरी ।

    ‘ मलाई हजुरको नम्बर दिनु….म कल गर्छु । हामी भेटौला…अनि कुरा गरौँला है त ? ’ अच्युतले भन्यो ।
    ‘९८५४०……..ओ के….यो नम्बरमा कल गर्नु …..अहिले नै एस अर नो भन्न पर्दैन । सोंचेर विस्तारै उत्तर दिएपनि हुन्छ । म पर्खिरहनेछु….तिमीलाई ।’ अप्सनाले नम्बर दिई ।

आफ्नै मनसँग भनि, ‘अच्यूतले मेरो माया एसेप्ट गरे त……वाउ …..। जतिसम्म पढ्न चाहेपनि पढाउँथे, उसलाई । म उसलाई यति धेरै माया गर्छु, तर उसले कहिले महसुस गर्ला यो कुरा ? उसले मलाई माया गर्छ होला कि गर्दैन होला ?’

फेसबुक बन्द गरेर निदाउँन खोजी अप्सना, तर निदाउँन दिएन अच्युतले । जबरजस्ती आँखा चिम्म गरी …..आँखाभरी उसकै प्रोफाई पिक्चर घुमीरह्यो । ……… हेर्दा फुच्चे फुच्चे लाग्ने केटा, गोरो अनुहार, ठूला ठूला आँखा, कपाल काटेर छोटो बनाएको, ड्रेस नि उस्तै सुहाएको ।
Share this video :

0 comments:

Post a Comment

 
Copyright © 2013. Love Zone - All Rights Reserved

Distributed By Free Blogger Templates | Tum hi ho lyrics | How to get rid of hiccups

Proudly powered by Blogger