
महिलालाई गत पुस १९ गते घुमाउँन भन्दै तालतलैया गएको र उनीहरु विच विवाद भए पछि झगडाको क्रममा महिलाको हत्या भएको इलाका प्रहरी कार्यलयका डीएसपी ओमप्रसाद अधिकारीले वताए । डीएसपीले भने महिलाको घाँटीमा नङकट र ढुङ्गा प्रहार गरी हत्या गरेको अनुसन्धानको क्रममा खुलेको वताए । राईको श्रीमान ४ वर्ष देखि वैदेशिक रोजगारीको सिलसिलमा विदेश गएका थिए । उक्त महिला भोजपुरमा नै एक गेष्ट हाउस सञ्चालन गरेर वस्दै आएको प्रहरीको भनाई छ ।महिलाले गाउँमा पैसा ब्याजमा लगाउँने काम गदै आएको प्रहरी अनुसनधानले देखाएको हो । सेनाको जवान शाहि भोजपुर आउँदा जादा भोजपुरमा भेटघाट भई दुई वर्ष देखि प्रेम सम्वन्ध चल्दै आएको थियो । सेनाको जवान शाहि गत पुष १७ गते नै विदामा गएको थिए । उनीहरु भेडेटारमा भेटघाट गरी दुबै जना आएको शाहिले अनुसन्धानको क्रममा वताएका छन ।
0 comments:
Post a Comment