Home » » एक घण्टा भित्रमै तीन अर्ब ९० करोड डलरको सामान बेचेर

एक घण्टा भित्रमै तीन अर्ब ९० करोड डलरको सामान बेचेर


कात्तिक २६ – चीनको अनलाइन बाणिज्य कम्पनी अलिबाबाले एक घण्टामा तीन अर्ब ९० करोड अमेरिकी डलरको सामान बेचेर नयाँ कीर्तिमान बनाएको छ । अलिबाबाले बुधबार एक घण्टा भित्रमै तीन अर्ब ९० करोड डलरको सामान बेचेर अघिल्लो वर्ष बनाएको आफ्नै कीर्तिमान तोडेको हो । गएको वर्ष एक घण्टामा भएको बिक्री भन्दा यो वर्ष दोब्बर भएको अलिबाबाले जनाएको छ । अलिबाबाले हरेक वर्ष नोभेम्बर ११ का दिन सिंगल डेको नामामा विभिन्न सामानको अनलाइन बिक्री खुल्ला गर्नेगर्छ । गएको वर्ष दिन भरीमा ९ अर्ब तीस करोड अमेरिकी डलरको व्यापार भएको थियो । सिंगल डे अर्थात डबल इलाभेन पनि भनिने यो दिन चीनका विभिन्न सामान बिक्री गर्ने बिक्रेताका लागि ठूलो अवसर हो ।
यो वर्ष सिंगल डेका लागि विश्वका २५ देशमा विभिन्न सामानका ३० हजार ब्राण्ड बिक्रीका लागि प्रस्ताव गरिएको अलिबाबाले जनाएको छ । 


Share this video :

0 comments:

Post a Comment

 
Copyright © 2013. Love Zone - All Rights Reserved

Distributed By Free Blogger Templates | Tum hi ho lyrics | How to get rid of hiccups

Proudly powered by Blogger