- स्वेट मार्डेन
आत्म विश्वासको फल
सभ्यताको आश्चर्यजनक विकासको ईतिहास उनीहरुको अनगिन्ती ज्ञात अज्ञात प्रयत्नको फल हो । जसले अनेक समस्याहरुसँग लडेर मनुस्यलाई ढुङे युगबाट निकालेर आजको रकेट्को युगसम्म लिएर आएको छ । यिनै कर्मठ मानिसहरुले जे कष्ट गरेको छ जे समस्या भोगेको छ , के हामीले त्यस्को कल्पना मात्र गर्न सक्छौ ? कति कष्ट गरेर उनीहरुले हामीलाई त्यो जङली ढुङे युगबाट अहिलेको कम्प्युटरको युगसम्म ल्याइ पुर्याएको होला । यदि यी कर्मठ मानिसहरु आफ्नो मुक साधना नलागेको भए के आजको मनुस्यको यो रुप हुन्थ्यो त ? सफलता घर बसेर पाइदैन । सफलता पाउनको लागि दृढ आत्म विश्वासको आवश्यकता पर्दछ । प्रकृति स्वयमले हामीलाई यो कुराको शिक्षा दिन्छ कि सफलताको रहस्य के हो ? कुनै रुखलाई उम्रिन पहिले बिउ छर्न आवश्यक छ , त्यसैगरी सफलता पाउनको लागि पहिला त्यस्को बिउ छर्न आवश्यक छ । हाम्रो सम्पूर्ण ज्ञान, योग्यता यदि हामीमा आत्मबिश्वास छैन भने सबै ब्यर्थ हो, आत्मविश्वासको अभावमा त्यो योग्यता र ज्ञानले कहिले साथ पाइदैन ।
यो कुरालाई अवस्य मनन गर्नु आवश्यक छ कि चोरी भएको धन पाउन सकिन्छ । कठिन कठिन रोगको उपचार सम्भव हुन्छ तर आफ्नो आत्मविश्वास हरायो भने त्यो पाइने छैन । आत्मविश्वास नै सफलताको सबैभन्दा ठुलो शक्ति हो ।
संसार आँफै बदलिने होइन त्यसलाई बदल्नु पर्छ । जब हामी त्यसलाई बदल्ने कोशिस गर्छौ तब न यो सम्भव हुन्छ । यदी मानिसमा आत्मविश्वासरुपी शक्ति छ भने जे पनि गर्न सक्छ । संसारमा यस्तो कुनै काम छैन जो मानिसले गर्न सक्दैन । मानिसले सबै गर्न सक्छ त्यसको यथेस्ट प्रमाणहरु हाम्रो सामु छ ।
मनको सँकल्प
आफ्नो जीवनमा सफलता प्राप्त गर्ने व्यक्ति कुनै विशेष या दैवी शक्ति लिएर आएको हुँदैन । ऊ पनि तपाईं हामी जस्तै नै हो । आखिर सफलताको रहस्य के हो ? उनीहरु सफल किन हुन्छन र तपाईं हामी किन असफल ? यदि तपाईं इमान्दार भएर उनीहरुको र आफ्नो जीवन दाजेर हेर्नु भयो भने अवस्य थाहा लाग्नेछ कि रहस्य के हो ? सफल मानिसहरुलाई देखेर हामी उनीहरुप्रति इर्श्याको नजरले हेर्न थाल्छौ । ऊप्रति आस्चर्य प्रकट गर्न थाल्छौ । त्यस व्यक्तिको जीवनलाई नजिकबाट हेर्न सक्दैनौ कि जसको कारण त्यो मान्छे यति सफल छ । सफलताको रहस्य केवल उसलाई मात्र थाहा छ जो त्यो व्यक्तिले प्राप्त गरिसकेको छ । उसलाई थाहा छ कति कठिन परिश्रम र संघर्षको कारण उसले यो सफलता प्राप्त गरेको छ ।
धेरै जसो मानिसलाई यो भ्रम छ कि कुनै व्यक्तिको सफलताको पछाडि उसको पारिवारिक वातावरण, प्रशिक्षण, शिक्षादीक्षा र सम्पत्तिको महत्व हुने गर्छ । मानिसलाई यो भ्रम छ कि नेताको छोरा नेता, साहुको छोरा साहु र धनी बाबुको छोरा धनी नै हुन्छ तर वास्तविकता यो होइन । केही हदसम्म यो कुरालाई मान्न सकिन्छ तर उसमा गुण र सामर्थ्य छैन भने उसले के गर्न सक्छ ?
सफलता प्राप्त गर्नुमा सबभन्दा महत्वपूर्ण योगदान मनको रहन्छ । जबसम्म मनले सँकल्प लिदैन कि म के गर्न सक्छु गरेरै छोड्छु, केही गर्न सकिदैन । मनमा बलियो र दृढ सँकल्पको साथ साथै सधैं सुविचार राख्न पनि जरुरी छ । सुविचारले नै मानिसको जीवन स्वस्थ र व्यक्तित्वशाली बनाएर राख्छ । केही समयको लागि तपाईंले यसो गरेर हेर्नुस् तपाईंले अवस्य महसुस गर्नु हुनेछ कि तपाईंको स्वास्थ्य र व्यक्तित्व चम्किन थालेको छ ।
विश्वासको चमत्कार
मह बनाउने माहुरीसँग जो पनि परिचित छन । सबैलाई यो राम्रो सँग थाहा छ कि माहुरीले कसरी तिल तिल गरेर मह जम्मा पार्छ । माहुरीले कहीबाट एकै चोटी मधुको भन्डार पाएको हुँदैन । उसको चाकामा भरिएको मह उसको मेहनतको परिणाम हो । त्यसैगरी तपाईंले पनि तिल तिल गरेर सफलताको मह जम्मा गर्नु छ । कसैले तपाईंलाई सफलता तपाईंको हातमा दिन आउने छैन । मह बनाउने माहुरीले झै परिश्रम गर्नेबारे सोच्नुस् । सफलताले तपाईंको कदम अवस्य चुम्नेछ । परिश्रम कसरी र कति गर्ने त्यो तपाईं आफुमा भर पर्छ । जति धेरै परिश्रम त्यति धेरै सफलता हात पर्ने निश्चित छ । परिश्रमको साथ साथमा आफुमा आफ्नो परिश्रमप्रति विश्वास हुनु पनि जरुरी छ । विश्वासको आफ्नै महत्व छ ।
विश्वास एउटा चमत्कारको नाउ हो । जब विश्वास गहिरोसँग आफ्नो मनमा बस्छ तब अवस्य फलदायी नतिजा निस्किन्छ । जबसम्म आफुमा विश्वास हुँदैन हामी केही गर्न सक्दैनौ । पहिला आफुमा विश्वास गर्न सिकौ अनि मनमा प्रसन्नता लिएर परिश्रम गरौ ।
प्रसन्नता ईश्वरले दिएको एक उच्चकोटिको बरदान हो । यसले मानिसलाई अतिरिक्त शक्ति प्रदान गर्छ । प्रसन्नतालाई जब विश्वासको सहारा मिल्छ तब एउटा नयाँ शक्तिको उत्पति हुन्छ । विश्वास एक प्रकारले राम बाण जस्तै हो । अटुट विश्वास जीवनको हरेक इच्छा पूरा गर्न मदतगार साबित हुन्छ । विश्वास एक चमत्कारी भावना हो । यदि आफुलाई विश्वास छ कि अमुक कार्य भएरै छाड्छ त्यो काम प्रयत्न गरेमा अवस्य पूरा हुन्छ । विश्वासले मानिसलाई बल दिन्छ, शक्ति दिन्छ, काम गर्ने क्षमता दिन्छ । यदि आफुलाई विश्वास छैन त्यो काम हुन्छ कि हुँदैन भनेर भने उक्त काम गर्ने इच्छा हुँदैन प्रयत्न गरिदैन र त्यो काम कहिले पूरा हुँदैन । त्यसैले आफुले आफुलाई विश्वास गर्ने बानी बसालौ ।
महापुरुषहरुका कथनहरु :
मानिसले गर्न नसक्ने काम केही छैन तर गर्नलाई मानिसलाई साहसको आवश्यकता पर्छ । - कार्लाईल
तिमी आँफै आफ्नो जीवन बनाउन र बिगार्न सक्छौ , सोच र गर । - अल्वा एडिसन
मर्नु भन्दा अगाडि केही गरेर देखाऊ । - अरस्तु
आफ्नो भलाई चाहन्छौ भने केही काम गर , अल्छीपना त्याग तिमीले सबै पाउने छौ । - टिंगसन
जसले आफ्नो समय बरबाद गर्यो उसले यो बुझे हुन्छ कि उसको एउटा पनि इच्छा पूरा हुँदैन , उसको जीवन सदा दु:खमय बित्नेछ । त्यसैले समयलाई चिन । - ब्रर्टेण्ड रसेल
आफ्नो जीवनका यी शत्रुहरुलाई चिन : १) अल्छीपना, २) चिन्ता, ३) अरुको भर र ४) समयको दुरुपयोग । यी ४ शत्रुमाथि विजय पाउने कोशिस गर, तिमीले जे चाहन्छौ त्यो पाउनेछौ । - सँत पितर
इच्छा के हो ? तपाईंको कार्य क्षमताको परीक्षा हो । - स्टेनबैक
मैले जे चाहे त्यो पाएँ । तर त्यसको लागि मैले के के गर्नु पर्यो त्यो केवल मलाई मात्र थाहा छ , मेरो जीवन यसको प्रमाण हो । - रुजवेल्ट
उठ, तिमी के चाहन्छौ ? म तिमीलाई सबै दिन्छु तर पहिला आफुले आँफैलाई चिन । - अरस्तु
अरे मानिस , आफ्नो एक सेकेण्ड समय पनि खेर नफाल, सावधान तँलाई पछुताउनु पर्ला । केही गर्नुछ भने समयको सदुपयोग गर । - रिचर्ड जानसन
पागल हो ऊ जो आफुलाई भाग्यमानी हुँ भन्छ । - जर्ज वर्नार्ड शा
प्रसिद्दी प्रत्येक मानिसले प्राप्त गर्न सक्छ तर दुइ प्रकारको बाटो छन । एउटा बाटो राम्रो काम गरेर अर्को नराम्रो काम गरेर । राम्रो काम गरेर प्रसिद्दी धेरै तपस्या गरेर पनि ढिलो मात्र पाईन्छ भने नराम्रो काम गरेर रातारात । अब यो तपाईंको आफ्नो निर्णय हो कि प्रसिद्दी कसरी पाउने ? - सैमुअल वोन
दिनहीन जीवन कायरले मात्र जिउने गर्छ , के तपाईं कायर हो ? - माइकल फराडे
हामी आफ्नो भाग्यको बिधाता आफु स्वयम हौ । - अरस्तु
स्वस्थ मानिसले नै जीवनमा प्रगति गर्न सक्छ । - डाक्टर हार्मोन
तिमीले आफ्नो खुट्टामा आँफै बन्चरो हान्छौ जब आफ्नो समय बरबाद गर्छौ र पछि तिमीलाई पश्चाताप हुन्छ । त्यसैले अहिले नै होसियार हुनु । - अरस्तु
स्वास्थ्य छ त सबै छ स्वास्थ्य छैन त केही छैन । - लाँगफेलो
जे भयो भई सक्यो त्यसलाई भुलीदिनु , काम गर अझै समय छ । - एड्गर एलन पो
के भाग्य ईश्वरको हातमा छ ? होइन यो त अल्छिहरुको नारा हो । नत्र सबै कर्मठ व्यक्तिहरुको भाग्य सधैं उज्ज्वल किन हुन्छ ? - वर्डसवर्थ
दु:ख के सुख के सबै तिम्रै हातमा छ । - शेक्सपियर
मनको भावनाको दशाको नाम नै सुख र दु:ख हो । - ईबने बतुता

0 comments:
Post a Comment