Home » » महतो भन्छन ! चीन बिरुद ससक्त आन्दोलन गर्छौ ।।

महतो भन्छन ! चीन बिरुद ससक्त आन्दोलन गर्छौ ।।

काठमाडौं , १२ कार्तिक  । भारतले संविधानमा आफ्नो स्वार्थ उल्लेख नगरेको नाममा नेपालमाथि नाकाबन्दी लादेको छ । यस्तो अवस्थामा नेपाल सरकारले उपयुक्त विकल्पको रुपमा अर्को छिमेकी मुलुक चीनसँग इन्धन सम्झौता गरेको छ । भारतले अघोषित नाकाबन्दी लगाउनु ठिक अघि नाकाबन्दीको घोषणा गरेर सीमा नाकाहरुमा केही कार्यकर्ताको भिड जम्मा गर्दै आएका आन्दोलनरत मधेसवादी दलहरुलाई चीनसँगको इन्धन सम्झौताले निद हराम पारेको छ ।
यस बीचमा मधेस आन्दोलनको मसिहा ठान्ने केही नेताहरुको अगुवाइमा यतीबेला मधेसमा चीन विरोधी गतिविधिले पनि तिब्रता पाएको छ । आन्दोलनरत मधेसी मोर्चाका अग्र नेताका रुपमा रहेका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई पनि सरकारले चीनसँग गरेको इन्धन सम्झौताले पोल्न थालेको छ ।
उनले चीनले नेपाल सरकारसँग इन्धन आपुर्ति गर्ने सम्झौता गरेर आफुहरुसँग दुश्मनी साँध्न खोजेको आरोप लगाएका छन् । महतोले मधेस आन्दोलनलाई कमजोर पार्न चीनले षड्यन्त्र गरेको आरोप लगाउँदै चीन विरोधी गतिविधि नेपालमा बढ्ने बताए ।

उनले चीनले आफुहरुसँग जोरी खोज्न खोजेकाले त्यसको हिसाव किताव हुने बताए । महतोले अब तराईमा चीनको झण्डा जल्नु स्वभाविक हुने टिप्पणी समेत गरेका छन् ।
उनले चीनले मधेसमा भैरहेको अधिकारको आन्दोलनलाई कमजोर पार्न सम्झौता गरेर आफुहरुसँग दुश्मनी बढाएको बताउँदै चीन विरुद्ध घोषीत आन्दोलन थाल्ने बताए ।
मधेसमा चीनको झण्डा जलाएको विषयमा आन्दोलनरत मोर्चाकै एक नेता संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले विरोध गरिरहेका बेला महतोले भने चीन विरोधी आन्दोलनको उद्घोष गरेका हुन् ।
उनले चीनसँग जोडीएका नाका बन्द गर्नकालागि जनजाती र थारु आन्दोलनकारीहरुसँग छलफल भैरहेको बताउँदै त्यसमा आफुहरुले सहयोग गर्ने बताए । नेपाल सन्देश बाट ।

Share this video :

0 comments:

Post a Comment

 
Copyright © 2013. Love Zone - All Rights Reserved

Distributed By Free Blogger Templates | Tum hi ho lyrics | How to get rid of hiccups

Proudly powered by Blogger