Home » » सहयोग’ शीर्षकमा कोइरालाबाट २ बर्षमा ३ अर्ब बाडेको खुलासा

सहयोग’ शीर्षकमा कोइरालाबाट २ बर्षमा ३ अर्ब बाडेको खुलासा

 नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको प्रधानमन्त्रित्वकालको करिब दुई वर्षको अवधिमा एक दर्जन बढी शीर्षकमा मिलेमतोमा राष्ट्रको ढुकुटीबाट दुई अर्ब ८४ करोड ७० लाख ७३ हजार पाँच सय ९० रुपैयाँ ‘सहयोग’ वितरण गरिएको तथ्य फेला परेको छ । सबै रकम दोस्रो संविधानसभा निर्वाचनपछि मात्र निर्णय गरेर वितरण गरिएको हो । अर्थ मन्त्रालयका अनुसार २०७० साल असोज २४ गतेदेखि २०७२ साल असोज १४ गतेसम्म फरक–फरक मितिमा निर्णय गर्दै उक्त रकम वितरण गरिएको हो । अधिकांश रकम पहुँचको आधारमा वितरण गरिएको देखिएको छ । कोइराला प्रधानमन्त्री हुनुअघि खिलराज रेग्मी नेतृत्वको सरकारले माघ २७ भन्दा अघि असोज २४ गतेबाट माघ २३ गतेसम्म आर्थिक सहयोग गर्ने २७ वटा निर्णय गरेको थियो । ती निर्णयमध्ये १९ वटा निर्णयबाट मात्र उपचार खर्च दिएको थियो । कोइराला २०७० साल माघ २७ गते प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।
Share this video :

0 comments:

Post a Comment

 
Copyright © 2013. Love Zone - All Rights Reserved

Distributed By Free Blogger Templates | Tum hi ho lyrics | How to get rid of hiccups

Proudly powered by Blogger