Home » » वीर नेपालीको दुख देश अनि बिदेशमा (सनसनीपुर्ण खुलासा)

वीर नेपालीको दुख देश अनि बिदेशमा (सनसनीपुर्ण खुलासा)

देश को राजनीतिक परिस्थिती , त्यही राजनीतिक गर्ने नेता भनौदाहरुले सिकाएको फोहोरी खेल । त्यसै बाट फैलिएको बड्दो हत्याहिंसा जस्ले जे गरे पनि हुने सस्कृतिको बिकासले नेपाली जनता लाई आफ्नो कुटो कोदलो गरेर आफ्नै झुपडिमा परिवारको साथ रमाउन् समेत छैन । गलत कुराको खण्डन र सही कुरा को तारिफ गर्नु पनि पाइदैन केहि बोले त कुटिनु पो पर्ने होकी मोर्नै पर्ने होकी भन्ने डरै डर् त्रासले सहि र सत्य कुरामा पनि बोल्न लाई पछी हट्नु परेकोछ ।

बिहान घरबाट हिंडेको मान्छे बेलुका घर फर्किने होकी होइन परिवारलाई त्रास मात्र । यस्तो स्थितीको सृजना गराउने हाम्रै  देशका नेताजी भनौदाहरु हुन भन्न म पछी पर्दिन ।  नेपालमा बहुदल आयो २०६२ , ६३को जन-आन्दोलन भयो थुप्रै नेपाली शहिद भए । माओवादी १० वर्षे जनयुद्द अन्त गरेर शान्ति प्रकृयामा आयो। संबिधान सभाको चुनाव भयो । नेपालमा गणतन्त्रको घोषणा भयो, कयौ पट्क राजनीतिक पाटिहरुले बैठक गरेर कयौ शान्ति सम्झौताको बिषयमा हस्ताक्षर भए, कयौ समितीहरु बने, नेताजीहरु यौटै मन्च बाट पनि कुर्लिय, नेपालको मुहार हसाउछौ, देशको बिकास गर्छौ, शान्ति सुरक्षा कायम गर्छौ , दण्डहिनताको अन्त्य गरी कानुनी राज्यको नमुना देखाउछौ आखिर सबै राजनीतिक पाटिको भाषाणमा मात्र सिमित रह्यो।
“जुन जोगी आए पनि कानै चिरेको” नेपालीलाई जती पटक सरकार फेरिए पनि जुन पाटिको नेत्रित्वमा सरकार बने पनि हात्तीले देखाउने दात जस्तै भयो। महङ्गी बढेको बढेयै आम्दानिको कुनै श्रोत छैन । जती पढे लेखे पनि जागिर पाउन उही सास्ती , बेरोजगारी समस्याले आतुल भएपछी के गर्ने ? मोर्नु भएन एक पेट खानै पर्यो जहान परिवार पाल्नै पर्यो । घरमा बसे राजनीतिक पाटिको झन्डा बोक्नु पर्यो कि वाइ सि यल कि युथ फोर्श नत्र तरुण दलमा हिंड्नु पर्यो , कित गाँउ नै छोड्नु पर्यो । सानो सानो कुरामा हुने गरेको बन्द हड्ताल चक्काजाम बिरोधको सस्कारले गर्दा केही पेशा परीश्रम गरेर खाने बातावरण पनि छैन  कुखुरो मोरे पनि आन्दोलन गर्ने प्रबृती मौलाउदै गएकोछ, गल्ती गर्नेलाई कारबाही गरे कुनै राजनीतिक पाटिको कार्यकता भए अपराधी लाई छुटाउन उनै राजनीतिक पाटिको बिरोध जुलुस दुनियाँ थरी आन्दोलन नेपाल बन्द गर्न राजनीतिक दलहरु नै अघी सरि हाल्छन । यस्तो देशको परिस्थितीमा हामी जस्ता सोझा साझा जनता के गर्ने त ? काम गरौ नेपाल बन्द हड्ताल रोजगारीको कुनै अवसर छैन अनी वाध्य भएर हामी नेपाली बिदेशिन पुग्छौ, बर्षेनी लाखौ नेपाली बिदेशिएका हुन्छन्, ऋण काढेर “अरब गएर खरब कमाउने” सपना बोकेर कस्तो काम हो ? तलब कती हो ? के को लागि बिदेस जाने कुनै कुरा नबुझी टपक्क दलाललाई पैसा बुझाएर मलेशिया खाडी मुलुक साउदी , कुबेत, दुबइ, कतार लगायत का देशहरुमा रोजगारिको लागी जान्छौ । बिदेश जान पाए त आकाशको तारा नै झराल्थे । बिदेशमा पैसाको बुटो हुन्छ । नेपालबाट उडन मात्र पाए टप्प टिपेर ल्याउथे जस्ता सपना देखेर प्रदेशिन्छौ हामी कती त छरछिमेकिको देखेर रामेले कतारबाट टन्न दाम ल्याएर घडेरी किन्यो रे । माथिल्लो घरको हर्केले दुबइ बाट् आएर् शहरमा घर किन्यो रे पल्लो घरको भुन्टेले साउदीमा मस्त दाम् कमाएको छरे त्यसैले छोराछोरी बोडिङ स्कुलमा पढाउन थाल्यो रे, जस्ता कुराले पनि हामीले बिदेश जाने सपना देखेका हुनछौ, रहर बोकेका हुनछौ बिदेशमा गए पछि बल्ल हामीले चाल् पाउछौ ।अनि भगवान् पुकार्न् थाल्छौ ।आफ्नो जन्मभूमि आफ्नो परिवार् उकालि ओरालि भञ्ज्याङग् चौतारि त्यो रोँधी घर् अनि हरियाली वाताबरण् अनि आफ्नै रहन् सहन् परिबेश् सम्झदै बिदेश् जाने पैसाले नेपाल् मै लगानी गरेको भए केहि गर्न सकिन्थ्यो ।जहान् परिवारको साथमा रमाइन्थ्यो जस्तो कल्पना गरिन्छ। बिदेशिने नेपाली दाजुभाइ दिदि बहिनिहरु केहीले मात्र सजिलो काम् राम्रो दाम समय मै तलब् पाउनु भएको होला तर् धेरै जसो नेपाली दाजुभाइ दिदिबहिनिको पिडालाइ म यहा चर्चा गरेर् पनि सक्दिन् । सिङो पुस्तक् नै तयार् हुन्छ। “नखाउ भने दिनभरिको शिकार् खाउ भने कान्छो बाबुको अनुहार्” भने  झै दलाललाइ लाखौ रुपिया चडाएर् आएको फर्केर जाउ भने पैसा फिर्ता पनि पाइदैन् नेपालको स्थितिले वाक्क भएर बिदेशिएको । बसौ भने अरु कुरा छोडौ आको ऋण तिर्न पनि वर्षौ कुर्नु पर्छ । भरुभूमिमा भेडा उट् हेर्ने झाडु देखि रोड् साफ् गर्ने काम् नेपाली दाजुभाइको भागमा पर्दछ। त्यति मात्र होइन् समयमा तलब् नपाउने । खान् समयमा नपाइने मालिक् भनौदाको शोषण् अत्याचार् कुटाइ पिटाइ खेप्नु परेकोछ्। अझै घरेलु कामदारका रुपमा रहेका नेपाली चेलिबेटि को हालत झनै कस्टकर् र पिडादायी रहेकोछ। कति मालिकको शारिरीक तथा मानसिक् यातना सहन् बाध्य छन्। कति दलालको फन्दामा परि कोठिहरुमा पुगेका छन् भने कतिले पिडा सहन् नसकेर् ज्यानै पनि गुमाएका छन् । के यस्को बारेमा हाम्रा राजनीतिक दल मै हुँ नेपाली राजनीतिकको हस्ती भन्ने हरुलाई नेपालीले पाउन सम्म दु:ख नेपालमै पाए, भएन भनेर बैदेशिक रोजगारिमा जानेले सास्ती खेप्नु परेको बारेमा थाहा होला ? कुनै चासो लिएका होलान ? किन लिन्थे सात पुष्तालाई पुग्ने सम्पत्ति जोडे महलमा बसेका छन, पजेरो गाडीमा कुदेका छन। छोराछोरी लाई बिदेशमा पढाएका छन होइनर ? लौन भगवान हाम्रा नेताजिहरुको घैटोमा घाम् लगाइदेउ, देशमा शान्ती गराइदेउ , बन्दहड्ताल सधैंको लागि अन्त गराईदेउ, सबै नेपाली सुख र शान्तिले परिवारको साथ पाखुरा बजारेर खाने बस्ने बातावरण बनाइदेउ । त्यती मात्रा भए हामी नेपालीलाई पुग्थ्यो । यसरी बिदेशी अन्जान भूमिमा रोएर बस्नु त पर्ने थिएन । आफ्नै जन्मभूमिमा रमाउन पाउने थियौ । अन्त्यमा सबैलाई चेतना भया।।।।।।।।।।।
(साभार)
Share this video :

0 comments:

Post a Comment

 
Copyright © 2013. Love Zone - All Rights Reserved

Distributed By Free Blogger Templates | Tum hi ho lyrics | How to get rid of hiccups

Proudly powered by Blogger